गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना पुष्टि, पहिलो पटक मनाङमा नि देखियो

  २०७७ असार ४ गते ७:२४     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विहीबार विहान गोरखा, मनाङ, तनहुँ र नवलपरासी पूर्वमा थप ४२ जना कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

जसमा अन्तर्गत मनाङमा १ जना, गोरखामा ११ जना, तनहुँमा १२ जना र नवलपरासीमा १८ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको सङ्ख्या २ सय ८९ पुगेको छ।

हिमाली जिल्ला मनाङको चामे गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । अब गण्डकी प्रदेशमा मुस्ताङ बाहेक सबै जिल्लामा कोरोना संक्रमित देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.