२०७७ असार ५ गते १७:१० विकासन्युज
काठमाडौं । शुक्रबार विभिन्न तीन देशबाट २३ नेपालीको शव काठमाडौं ल्याईएको छ । शुक्रबार विभिन्न तीन देश कतार, यूएई र कुवेतबाट गरी उक्त शव ल्याइएको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ ।
बोर्डका निर्देशक दिनबन्दु सुवेदीका अनुसार कतारबाट २०, कुवेतबाट २ र युएईबाट १ गरी जम्मा २३ नेपालीकाे शब स्वदेश ल्याईएको हो । जसमध्ये ७ जनाको शव काठमाडौंको पशुपतिमा दाहसस्कार गरिने उनले जानकारी दिए ।
चार्टर्ड उडान शुरु भएसँगै विदेशमा ज्यान गुमाएका नेपालीकाे शव ल्याउने काम भइरेहेकाे बाेर्डले जनाएकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.