२०७७ असार ८ गते १८:१३ विकासन्युज
काठमाडौं । देशभर कोरोना भाइरसका बिरामी बढ्दै गएपछि अझ सरकारले लकडाउनमा कडा गर्ने होकि भन्ने सोचाई आम नागरिकमा छ । तर, सरकारी अधिकारीहरु भने लकडाउनमा कडाई गर्ने सम्बन्धि कुनै पनि तयारी नभएको बताउँछन् ।
कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने कुरा हल्ला मात्र भएको बताएका छन् । उनले जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने बताए ।
उनका अनुसार दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिनेछ । अन्त्रय अनावश्यक रुपमा घर बाहिर ननिस्कन र भिडभाड हुने ठाउँबाट जोगिन जनता आफैं सचेत हुनुपर्ने उनको भनाई छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.