नेकपा स्थायी कमिटी बैठक सकियाे, यी हुन् सात एजेण्डा

  २०७७ असार १० गते १५:२८     विकासन्युज

काठमाडाैं । सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठक एजेण्डा तय गर्दै सकिएको छ। बुधबार बालुवाटारमा बसेको बैठकले एजेण्डा तय गरेको हो।

कार्यसूची अनुसार बैठकको प्रारम्भमा प्रधनमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने पहिलो एजेण्डा रहेको थियो। सोही क्रममा अध्यक्षद्वय ओली र प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले निर्वाह गर्नुपर्ने जिम्मेवारीको विषयमा मन्तव्य राखेका छन्।

बैठकले दोस्रो एजेन्डाको रुपमा कोरोना भाइरस ९कोभिड–१९० रोकथाम, नियन्त्रणका प्रयासलाई समेटेको छ। तेस्रो एजेण्डामा सीमा समस्या समाधानको विषय समेटिएको छ भने चौथो एजेण्डामा सरकारको कामको समग्र समीक्षा समेटिएको बताइएकाे छ ।

त्यसैगरी पाँचौ एजेण्डामा पार्टीको कामको समीक्षा र एकीकरणको पूर्णताको विषयमा छलफल हुने बताइएकाे हाे। छैटौ एजेण्डाको रुपमा एमसीसीको बारेमा छलफल हुने गरी कार्यसूची तय भएको हो।  बुधबार अध्यक्षद्वयले सम्बोधन गरेपछि सकिएको बैठक असार १२ गते पुन: बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.