आफुपनि नजान्ने अरुको कुरापनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेकाे छ: डा. भट्टराई (भिडियाेसहित)

  २०७७ साउन २ गते १८:०३     विकासन्युज

काठमाडौं ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुपनि नजान्ने अरुको कुरापनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गरेका छन् ।

राजधानीमा भएको एक कार्यक्रमममा बोल्दै डा. भट्टराईले संकटको बेलापनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताए ।

जनताको जीवन र देशको अर्थतन्त्रमा खेलवाड भइरहेको उल्लेख गर्दै उनले भने, ‘उत्तम मान्छे आफ्नै विवेकले बुझ्छ । मध्यम मान्छेले अर्कोले भनेको मान्छ । ‘अधम’ मान्छले आफुले पनि जान्दैन र अर्कोले भनेको पनि मान्दैन् । म चाँही हाम्रा शासकलाई अधमको कोठीमा राख्न चाहान्छु । किनकी यस्तो संकटको बेलामा शासन सत्तामा बस्ने मान्छेको आफ्नै किचलो र झै झगडा, सत्ताको भागवण्डामा महिनाैं वर्वाद गरिरहेको छ । देश र जनताकोजीवनमाथि खेलवाड गरिरहेको छ ।’

जनता समाजवादी पार्टीका नेता भट्टराईले सरकारले नीति, कार्यक्रम र बजेट मार्फत कुनै ठोस कार्यक्रम नल्याएको बताए । कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी तथा श्रमिकका लागि कुनै पनि राहतका कार्यक्रम सरकारले ल्याउन नसकेको बताए ।

Dr. Baburam Bhattarai

Gepostet von Bikashnews.com am Freitag, 17. Juli 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.