२०७७ साउन ३ गते १२:१० विकासन्युज
काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नितिबाट ग्रील तथा घरेलु साना उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटवालले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिबाट आफुहरु उत्साहित भएकाे बताए ।
उनी भन्छन्, ‘शिथिल अर्थतन्त्रलाइ चलायमान बनाउन रोजगारी सृजना गर्न आत्मानिर्भर अर्थतन्त्र निर्माण गर्न महंंगी नियन्त्रण गर्न अर्थतन्त्रको मेरुदण्ड निजि क्षेत्रलाई कठिन अवस्थाबाट सुरक्षित अवतरण गराइ ७ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्न प्रोत्साहित गर्न मौद्रिक नीति केन्द्रित भएकोमा ग्रील तथा स्टील व्यवसायी महासघं हार्दिक स्वागत गर्दछ । ’
उद्योग तथा व्यवासायहरु बन्द हुँदा बैकको सावा र ब्याज बुझाउन नसकेका ६ महिना देखि २ वर्षसम्मको समयावधी थप गर्न पुनर्तालिकिकरण गर्ने , घर भाडा र कर्मचारिको तलब भुक्तानी गर्न नसकेका उद्योग सुचारु गर्न चालू पुँजीको अभावमा परेर चिन्तित उद्योगीलाई चालु पुँजीकाे २० प्रतिशतसम्म पुनर्कजा ५ प्रतिशतसम्म उपलब्ध गराउने कुराहरु मौद्रिक नीतिले सम्बोधन गरेकोले साना उद्योग व्यवसायस्हरु उत्साहित भएको उनले बताए ।
मौद्रिक नितिले सम्बोधन गरेका लक्ष्य प्राप्ती गर्न पुनर्कर्जा कोषको ५ गुणा सम्म पुनर्कर्जा उपलब्ध गराउने नीतिले सहयोग पुग्ने कटवाल बताउछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.