पाँचतारे हाेटलका कर्मचारीले लकडाउनकाे समयमा कामै नगरी १० हजार तलब पाउने

  २०७७ साउन ४ गते १७:३२     विकासन्युज

काठमाडौं । बन्द भएको अवस्थामा पाउने सेवा सुविधा सम्बन्धि होटल सञ्चालक र मजदुहरुबीच सम्झौता भएकाे छ । होटल सञ्चालकहरुकाे एसोसिएशन र मजदुरहरुका प्रतिनिधिमुलुक संगठनको बीच सम्झौता भएकाे हाे ।

सम्झौता अनुसार होटलहरुमा कार्यरत मजदुरहरुले होटलको स्तरअनुसार न्यूनतम सेवा सुविधा पाउने भएका छन्। सम्झौताअनुसार दुई तारे होटलले महिनामा प्रति मजदुर ४ हजार ३ सय रुपैयाँ, एकसय भन्दा न्यून कोठा भएका चार तारे होटलका कर्मचारीले महिनामा ८ हजार रुपैयाँ पाउने छन् ।

यस्तै २ सय भन्दा न्यून कोठा भएका पाँचतारे होटलका श्रमिक कर्मचारीले ९ हजार र दुई सय बढी कोठा भएका होटलहरुमा कार्यरत श्रमिक कर्मचारीले महिनामा १० हजार रुपैयाँ पाउने छन्।

सम्झौता अनुसार कुनै पनि काम नगरेको अवस्थामा मजदुरहरुले याे सुविधा डिसेम्बर २०२० सम्म पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.