२०७७ साउन ४ गते १८:२६ विकासन्युज
काठमाडाैं । डा. पानी वाटर डेलिभरी एपले आज(साउन ४ गते) बाट एपको माध्यमबाट नेपालमा पहिलो पटक पानी अर्डर गर्न मिल्ने सेवाको शुरुवात गरेको छ ।
पहिलो चरणमा नयाँ बानेश्वर, पूरानो बानेश्वर, ज्ञानेश्वर, गौशाला, माइतीघर, शंखमूल, सिनामंगल, मैतिदेवी, तिलगंगा, गैरिगाउँ, कोटेश्वर, डिल्लीबजार, अनामनगर, बिजुलीबजार, पेप्सीकोला, काँडाघारी र मूलपानीका सेवाग्राहीहरुलाई सेवा दिदैं सम्पूर्ण उपत्यकामा सेवा प्रदान भए पश्चात देशभरमा सेवा विस्तार गर्ने लक्ष्य राखिएको डा. पानीका म्यानेजिङ्ग डाईरेक्टर सुजित श्रेष्ठले जानकारी दिए ।
नेपालमा भएका खानेपानी प्रदान गर्ने प्रणालीहरुबारे अध्ययन गर्दा खानेपानीको गुणस्तर, खानेपानीको जारहरु भण्डारण स्थिति, ढुवानी तथा डेलिभरीमा सेवागा्रहीहरुको चासो रहेको र पानी ल्याईने जारको गुणस्तर कम हुँदा निराशा बढेको पाईयो । यही समस्यालाई समाधान गर्न डा. पानी एपले नेपाल सरकारद्वारा निर्धारण गरिएको मापदण्डहरु पालना गर्दै पूर्णतः ल्याब टेष्ट गरिएको खानेपानी वितरण गर्ने सेवाको शुरुवात गरेको हो ।
डा. पानीबाट डेलिभर गरिने जारहरु हाजिनिकल्ली ह्यान्डल गरिनुका साथै फ्याक्ट्रीबाट घरमै जार पुर्याइन्छ, जसले गर्दा घामको किरणमा पानी धेरै समयसम्म रहनपाउँदैन र नावश्यक संक्रमणबाट पनि सुरक्षित हुन्छ । डेलिभर गर्ने कामदारहरुले पनि मास्क, पञ्जा र हेयर कभर लगाएर पानीको जारलाई संक्रमण हुनबाट बचाउन मद्दत पुर्याउँछन् ।
सेवाग्राहीको अगाडि जारलाई यूभी लाईट र सेनिटाइजर स्प्रेगरेर मात्र डेलिभर गरिने भएकाले सफा तथा संक्रमण रहित खानेपानी जार घरदैलोमा पुर्याउनेमा डा. पानी विश्वस्त रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.