फेरि काेराेनाकाे जाेखिम बढेसँगै सरकारकाे अर्काे एक्सन, अब काठमाडाैंमा राति प्रवेश गर्न नपाइने

  २०७७ साउन १५ गते २०:४८     विकासन्युज

काठमाडौं । गृह मन्त्रालयले काठमाडाैं प्रवेशमा राेक लगाएकाे छ ।

मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको हाे । नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता परेको भन्दै गृहले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा र ढुवानीका साधन बाहेक अन्य सवारी प्रवेशमा रोक लगाएको जनाएकाे छ ।

दिउँसोको समयमा भने सवारी पास लिएका मानिस आवत–जावत गर्न सकिने बताइएकाे छ । उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र पास बिना आवागमन पूर्ण रुपमा बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

निर्णय कार्यान्वयन गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई गृहले विशेष निर्देशन दिएको छ ।