२०७७ साउन १८ गते ११:२१ विकासन्युज
काठमाडौं । सुनकाे मुल्य ९९ हजार ६ सय पुगेकाे छ । आईतबार ताेलाकाे ३ सयले बढेर प्रतितोला ९९ हजार ६ सय पुगेर सुनले फेरी नयाँ रेकर्ड कायम गरेको हाे ।
शुक्रबार प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य शुक्रबार थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपैयाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.