कर्मचारीलाई कार्यशैलीमा सुधार गर्न गृहमन्त्रीको निर्देशन

  २०७७ साउन १८ गते १७:३३     विकासन्युज

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मातहतका निकायहरुलाई कार्यशैलीमा थप सुधार गर्न निर्देशन दिएका छन् । गृहमन्त्रालयले तय गरेको नीति, कार्यक्रम तथा योजनाको लक्ष्य आधारभुत रुपमा सफल भएपनि पुर्ण रुपमा सन्तुष्ट हुने अवस्था नरहेको भन्दै मन्त्री थापाले उक्त निर्देशन दिएका हुन् ।

आइतबार मन्त्रालयमा आयोजित आ.व. २०७६ /७७ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘हामीले गत आर्थिक वर्षमा निर्धारण गरेका लक्ष्यहरु आधारभुत रुपमा सफलता प्राप्त गर्यौं तर पुर्ण रुपमा प्राप्त गर्न सकेनौं । त्यसैले आगामी दिनमा अहिलेका कमजोरीहरु सुधार गरेर पुर्ण लक्ष्य प्राप्त हुनेगरी काम गर्नुहोस् ।’

अनुगमन, रिपोर्टिङ प्रणालीलाई सुधार गर्न तथा असार मसान्तमामात्रै काम सक्ने परिपार्टीको अन्त्य गर्न उनले निर्देशन दिए ।

राष्ट्रको सुरक्षा, नागरिकको जिउ, धनको सुरक्षाको जिम्मेवारीलिएको गृहमन्त्रालय संवेदनशिल मन्त्रालय भएको टिप्पणी गर्दै गृहमन्त्री थापाले मन्त्रालयको कामकारवाही पनि संवेदनशील भएरै निर्वाह गर्न मातहतका निकायहरुलाई निर्देशन दिए ।

उनले तोकिएका लक्ष्य, काम कारवाही हासिल गर्न नसक्नुको कारण खोजिनुपर्ने भन्दै त्यस्ता कार्य दोहरिए कारवाही गर्ने चेतावनी समेत दिए ।

गृहमन्त्री थापाले अहिले सिमा सुरक्षालाई गृहमन्त्रालयले प्राथमिकतामा राख्दै सिमामा पाँच सय बिओपी स्थापनाको प्रकिया अगाडी बढाएको भन्दै त्यसका लागि आवश्यक स्रोत साधानका लागि पहल भईरहेको जानकारी दिए ।

कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले पहिलो चौमासिकभित्रै सबै निकायले आफ्ना कार्यक्रम, योजना निर्माण तथा बोलपत्र आह्वानका काम सकेर दोसो चौमासिकबाट परिणाम आउने गरी काम गर्न निर्देशन दिए ।

बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिले गृहमन्त्रालयको वार्षिक कार्यसम्पादन सन्तोसजनक देखिएपनि पुँजीगत खर्च निकै कम भएको भन्दै सुधार गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.