चैतदेखि भदौसम्मको लाइसेन्स नविकरणमा जरिवाना नलाग्ने

  २०७७ साउन २० गते १२:४०     विकासन्युज

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले चैत ११ गतेपछि म्याद सकिएका लाइसेन्स नवीकरण गर्दा जरिवाना शुल्क नलाग्ने बताए ।

मन्त्री परिषदले नवीकरण गर्ने म्याद लकडाउन अवधिभित्र परेमा भदौ मसान्तसम्म जरिवाना छुट गर्ने निर्णय गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.