भदौ १ गतेदेखि सञ्चालन हुने भनिएका हवाई उडान र लामो दूरीका यातायात नचलाउन प्रस्ताव

  २०७७ साउन २५ गते २०:४९     विकासन्युज

काठमाडौं । भदौ १ गतेबाट सञ्चालन हुने भनिएका लामो दूरीका यातायत, हवाई उडान सेवा र शिक्षण संस्था नखुल्ने भएको छ । साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सवारी साधन, विद्यालय भर्ना र हवाई उडान गर्ने निर्णय गरेपनि कोरोना संक्रमण बढ्दै गएपछि अब सो निर्णय कार्यान्वयन नहुने लगभग निश्चित भएको छ ।

आज बसेको कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को बैठकले लामो दूरीको यातायात र हवाई उडान सेवा स्थगित गर्ने प्रस्ताव गरेको हो । सीसीएमसीकाे बैठकले १५ दिनका लागि स्थगित गर्ने प्रस्ताव गरेको हो ।

सीसीएमसीले यस्तो प्रस्ताव गरेसँगै मन्त्रिपरिषद्काे सो निर्णय कार्यान्वयन नहुने पक्का भएको हाे ।

गत बिहीबार साउन १२ गते बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले पनि सीसीएमसीको प्रस्ताव अनुसार नै मन्त्रिपरिषद्ले निर्णय गर्ने बताएका थिए । उनले भने अनुसार नै सीसीएमसीले पनि यस्ताे प्रस्ताव गरेको हाे।

अब भदौ १ गतेदेखि सञ्चालन हुने भनिएका सेवाहरु १५ दिन पछाडि धकलिने पक्का भएको हो । यस्तै, बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.