दक्षिणकालीमा २५ हजारमै जग्गा, दरवारमार्ग, न्यूरोड लगायतका व्यापारीक क्षेत्रको नयाँ मूल्य यस्ताे छ

  २०७७ साउन ३० गते १४:४४     सन्ताेष राेकाया

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशका विभिन्न ठाउँको जमिनको न्यूनतम मूल्यांकन गरेको छ । विभागले कोरोना भाइरस (कोभिड–१९) को कारण देखाउँदै देशका विभिन्न ठाउँको जग्गाको मूल्य सीमित ठाउँ बाहेक परिवर्तन नगरेको बताएको छ ।

गत आर्थिक वर्षमा विभिन्न जिल्ला तथा ठाउँको जमिनको मूल्य बढाए पनि यस वर्ष भने सीमित ठाउँ बाहेक धेरै ठाउँको नबढेको हो । गत वर्ष काठमाडौं जिल्लाभित्र पर्ने जग्गाको न्यूनतम मूल्यांकन ४० प्रतिशतसम्म वृद्धि गरेर नयाँ मूल्यांकन गरिएको थियो । तर, यो वर्ष भने बढेको छैन ।

सरकारले जग्गा किनबेच गर्दा रजिष्ट्रसन हुने लिखतमा  कायम गर्नका लागि न्यूनतम मूल्य कामय गर्छ । सोही अनुरुप सरकारले जग्गाको मूल्याकंन गरी राजश्व उठाउने काम गर्छ ।

सरकारले जग्गाको न्यूनतम मूल्याकंन गरेपनि त्यसको बजार भाउ अर्थात मूल्य भने फरक किसिमको नै हुन्छ । काठमाडौं जिल्लामा न्यूनतम २५ हजारदेखि अधिकतम ६० लाखसम्म जग्गाको मूल्याकंन गरिएको छ ।

दक्षिणकाली नगरपालिकामा बाटो नभएको जग्गाको मूल्यांकन प्रतिआना २५ हजार रुपैयाँ तोकिएको छ । यो नै काठमाडौं जिल्लाको सबैभन्दा सस्तो जग्गा हो । सोही ठाउँमा राम्रो सडक भएको ठाउँमा भने प्रतिआना ४ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।

काठमाडौंका व्यापारिक क्षेत्र भनेर चिनिने न्यूरोड, दरबारमार्ग, माइतीघर, रत्नपार्क लगायत क्षेत्रमा अधिकतम मूल्यांकन छ । ती ठाउँहरुकाे सरकारले ६० लाखसम्म जग्गाकाे मूल्या‌कन गरेकाे छ । यस्तै, कलंकी मालपोत कार्यालयले सोल्टीमोडबाट कलंकी हुँदै बल्खुसम्म ३३ लाख, बल्खु चोकदेखि कीर्तिपुरको गेटसम्म प्रतिआना १८ लाख, सीतापाइला चोकदेखि छाउनी वडा नं. १३ को सीमासम्म प्रतिआना २० लाख रुपैयाँ कायम गरेको छ ।

पूरानो बानेश्वर चोकदेखि गौशाला चोकसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँको जग्गा, माइतीघर मण्डला पुरातत्व विभागबाट पूर्व सिंहदरबार दक्षिणगेट हुँदै हनुमानथानसम्मको मुलबाटोसँग जोडिएको दायाँबायाँको जग्गाको पनि प्रतिआना न्यूनतम मूल्यांकन ३६ लाख राखिएको सो मूल्याकंन प्रतिवदेनमा उल्लेख गरिएको छ ।

काठमाडाैं लगायत देशका विभिन्न जिल्लाहरुकाे जग्गाकाे सरकारी मूल्य हेर्न यहाँ क्लिक गर्नुस् ।

3 comments on "दक्षिणकालीमा २५ हजारमै जग्गा, दरवारमार्ग, न्यूरोड लगायतका व्यापारीक क्षेत्रको नयाँ मूल्य यस्ताे छ"

  • Ram Krishna shrestha says:

    Chaimale tira kati cha

  • Nand Raj Regmi says:

    मलाइ चाहियेको छ तर कसरी सम्पर्क गर्ने होला।

  • Nand Raj Regmi says:

    मलाइ चाहियेको छ तर कसरी सम्पर्क गर्ने होला।दक्षिण काली को जग्गाको कति पर्छ होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.