२०७७ साउन ३२ गते १५:५७ विकासन्युज
काठमाडौं । काठमाडौंको व्यापारिक केन्द्र न्यूरोड क्षेत्रका पसल भदौ १ र २ गते बन्द रहने भएका छन् । साे क्षेत्रका खिचापोखरी, गुच्चा टोल, ओटुलगायतका क्षेत्रमा अहिलेसम्म सात जनामा काेराेना भाइरस संक्रमण देखिएकोएकाेले साे क्षेत्र २ दिन बन्द रहने बताइएकाे हाे ।
साे क्षेत्रमा विक्रेता र ग्राहकले मास्क र सेनीटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, पसलमा एउटाभन्दा बढी काउन्टर प्रयोग खोल्न नपाइने र प्रत्येक पसलमा सामाजिक दुरी कायम हुने वातावरण बनाउनु पर्ने बताइएकाे छ । साे कामकाे व्यवस्थापनका लागि बन्द गर्न थालिएकाे हाे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.