२०७७ भदौ ४ गते ११:४१ विकासन्युज
काठमाडौं । बीमा कम्पनीहरुले आवश्यक सेवा प्रवाह गर्दा एकतिहाइ कर्मचारीहरुबाट मात्रै सेवा संचालन गर्नुपर्ने निर्देशन बीमा समितिले दिएको छ । समितिले निषेधाज्ञाको समयमा कार्यालय आउँदा कर्मचारीहरुले अनिवार्य रुपमा फोटो सहितको परिचयपत्र साथमा ल्याउनुपर्ने निर्देशन दिएको हो ।
साथसाथै समितिले निषेधाज्ञाको समयमा बीमा अवधि समाप्त भएका बीमालेखको विद्युतिय माध्यमबाट प्राप्त अनुरोधका आधारमा भदौ १५ गतेसम्म नवीकरण गर्ने व्यवस्था पनि मिलाउने भएको छ।
समितिकाे अनुसार बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको म्यादपनि भदौ १५ गतेसम्म कायम गरिने छ । सो अवधिको ब्याज समेत नलाग्ने बीमा समितिको जनाएकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.