२०७७ भदौ ५ गते १८:५८ विकासन्युज
काठमाडाैं ।निजी अस्पताल र चिकित्सकहरुले सरकारले निजी अस्पताललाई अपमानित व्यवहार गरेको तथा चिकित्सकको मनोबल घटाउने व्यहवार गरेको आरोप लगाएका छन् ।
निजी स्वास्थ्य संस्थाको संगठन एसोसिएशन अफ प्राइभेट हेल्ट इन्स्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल चिकित्सक संघको शुक्रबार बसेको बैठकले यस्ताे आरोप लगाएकाे हाे ।
बैठकले विचिन्न निर्णयहरू पनि गरेकाे छ । निर्णयमा भनिएकाे छ, ‘नेपाल सरकारले अपमानित हुने ढंगबाट निजी अस्पताललाई गरिने व्यवहार तथा चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गरी सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गरोस् भनी नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरियो ।’
यस्तै, उनीहरूले निजी अस्पताल र चिकित्सकहरुले आफूहरु अहिलेको महामारीको अवस्थामा सरकारसँग हातेमालो गरी सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको पनि बताएका छन् ।
लकडाउन सुरु हुनासाथ स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालहरुले आ–आफ्नो स्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता सहितको प्रस्ताव पेश गरेको तर सरकारले निजी अस्पतालसँग सहकार्य गर्न तयार नभएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.