सरसफाइ सहयोगीलाई संक्रमितको ज्वराे नाप्न पठाउने स्वास्थ्यकर्मी माथि छानबिन सुरु

  २०७७ भदौ ७ गते १२:३०     विकासन्युज

जनकपुरधाम । धनुषा जिल्लाको गङ्गुली क्वारेन्टाइनमा सङ्क्रमितको परीक्षण चिकित्सकले नगरी सरसफाइ सहयोगीबाट गराइएको घटना सन्दर्भमा क्वारेन्टाइनका चिकित्सक टोलीलाई प्रादेशिक अस्पताल जनकपुरधाम झिकाइएको छ ।

कोभिड­-१९ का धनुषा संयोजक डा जामुनप्रसाद सिंहका अनुसार सङ्क्रमितलाई सरसफाइ सहयोगीले परीक्षण गरेको घटनामा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी टोलीलाई प्रादेशिक अस्पताल झिकाइएको छ ।

उनले भने, “घटना सन्दर्भमा सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको छ, सो बारेमा सत्यतथ्य छानबिन गरी थप विवरण २४ घण्टाभित्र सार्वजनिक गरिनेछ ।” रिक्त भएको स्वास्थ्यकर्मी टोलीको ठाउँमा नयाँ टिम आजै पठाइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.