प्रसूति गृहमा ८ जना कर्मचारीलाई कोरोना संक्रमण

  २०७७ भदौ ७ गते १३:०४     विकासन्युज

काठमाडाैं । थापाथलीस्थित प्रसूति गृहका ८ जना कर्मचारीमा काेराेना भाईरसकाे संक्रमण देखिएको छ। अस्पतालकाे ८ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डाक्टर संगीता मिश्रले जानकारी दिइन्।

संक्रमितहरूमा ३ जना चिकित्सक, नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एक/एक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेको मिश्रले बताईन् ।

अस्पतालमा भर्ना भएका बिरामीलाई भने कसैलाई पनि संक्रमण नदेखिएकाे उनले बताईन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.