२०७७ भदौ ७ गते २०:२३ अजयकुमार कँडेल
पछिल्लो समय धेरैले मोबाइल डेटा प्रयोग गरी इन्टरनेट चलाउने गरेको पाइन्छ । मोबाइलबाट डेटाको प्रयोग गरी इन्टरनेट चलाउँदा धेरै पैसा खर्च हुन पनि सक्छ । तर, केही सामान्य सावधानी अपनाउने हो भने कम खर्चमा मोवाइल डेटा प्रयोग गरी इन्टरनेट चलाउन सकिन्छ ।
इन्टरनेट चलाउदा साधारणतया कुनैपनि प्याक एक्टिभ नगरिकन चलाउने हो भने त्यसबाट निकै पैसा कट्न सक्छ । किनभने डाटा प्याक नलिकन के चलाउने र कति चलाउने भन्ने कुनै टुंगो नहुँदा बढी पैसा खर्चनु पर्ने हुनसक्छ ।
तर, डाटा प्याक लिनु भएको छ भने यसले खपत कम गर्छ । किनकि प्याक लिनु भनेको एक हदसम्म सावधानी अपनाउनु हो । यसले पनि डेटाको खपतसँग प्रत्यक्ष सरोकार राख्छ ।
अब कुरा आयो डाटा प्याक लिदा पनि कसरी थोरै खर्चमा ईन्टरनेटको प्रयोग गर्ने भन्ने । किनभने डेटा प्याक लिएका ग्राहकहरुमा समेत ब्यालेन्स कति कट्यो भन्ने चिन्ता हुने गर्छ ।
सर्वप्रथम डेटाबाट इन्टरनेट चलाउने हो भने ठूला अपडेटहरु बन्द गर्नुपर्छ । अर्थात् गुगल प्ले अफ गर्नुपर्छ । आफूलाई ठ्याक्कै जे चाहिएको हो, त्यसमा डेटा प्याक केन्द्रित गर्न सक्नु पर्छ । आपूmलाई चाहिएको कुरामा मात्रै डेटा सेट गर्न सक्नु भनेको नै डेटा जोगाउनु हो ।
कतिपयले मैले थाहै नपाइकन यति पैसा कट्यो भन्नुहुन्छ । तर प्रयोग नभएको अवस्थामा डेटा प्याक कट्दैन । हुन्छ के भने, ग्राहकहरुले एक चिज खोल्न चाहनु भएको हुन्छ, सोही समयमा अर्को चिज पनि एक्टिभ भइदिएको हुन्छ । यसरी धेरै थोक खुल्दा डाटा प्याक सकिनु त सामान्य भइहाल्यो नि ।
कसलाई कति डाटाको आवश्यकता छ भन्ने कुरा पनि निकै महत्वपूर्ण कुरा हो । थोरै डेटा प्याक लिदा काम चल्ने अवस्थामा धेरै वा ठूल्ठूला प्याक लियौं भने त्यो पनि लस जस्तै हो ।
तर, महिनाभरको लागि डेटा प्याक चलाउन चाहनुहुन्छ भने सोही अनुसारका ठूला प्याक लिनुपर्ने हुन्छ ।
एक दिनको लागि मात्र चलाउँदा ‘वान जिबी पर डे’ काफी हुनसक्छ भने एक महिना चलाउदा मन्थ्ली डेटा प्याकहरु उपयोगी हुन सक्छन् ।
मोवाइलबाट डेटा प्याक आवश्यकताभन्दा बढी कट्नबाट रोक्न प्रावधिक ज्ञान नभए पनि सजिलै सकिन्छ । त्यसका लागि आफूले कतिको प्रयोग गर्ने भन्ने लिमिट सेट गर्न आवश्यक हुन्छ । लिमिट एन्डोइड एप तथा सेटिङ्गको सहायताबाट गर्न सकिन्छ ।
आफूलाई चाहिने डेटाको अधिकत लिमिट मोवाइलबाटै सेट गर्न मिल्छ । यसो गर्नाले आफूले तोकेको लिमिट भन्दा बढीको डेटा प्रयोग हुँदैन ।
नेटवर्कको अटोमेटिक डिसकनेक्सन
नेटवर्कको अटोमेटिक डिसकनेक्सन मोवाइल डेटा बचाउने भरपर्दो उपाय हो । यो उपायको बारेमा धेरैलाई जानकारी नहुन सक्छ ।
उक्त उपायमा आफूले तोकेको लिमिटको डेटा पूरा भएको अवस्थामा नेटवर्ककको अटोमेटिक डिसकनेक्सन हुने गर्छ । यसको मतलब तपाईले आवश्यक ठानेर लिएको डेटा प्याकभन्दा बढी एक प्रतिशत पनि डेटा खपत हुने वा ब्यालेन्स काटिने सम्भावना रहदैन ।
अर्काे, व्याकग्राउण्डका डेटाहरु अफ गर्नु राम्रो हुन्छ । सेटिङ्ग मार्फत मोवाइलको उक्त व्याकग्राउण्डका डेटाको बारेमा जानकारी लिन सकिन्छ ।
डेटाबाट इन्टरनेट चलाएको समयमा मोवाइलमा रहेको वाईफाइको सिंग्नललाई बन्द गर्नु राम्रो हुन्छ । यस्तै, वाईफाइबाट इन्टरनेट चलाएको समयमा मोवाइल डेटा अन भए नभएको जाँच गर्नुपर्छ । यदी वाईफाई र मोवाइल डाटा दुवै अन भएको छ भने त्यस्तो अवस्थामा मोवाईल डाटा अफ गर्नुपर्छ ।
यदी एनटीसीको पोस्ट पेट सिमकार्ड प्रयोग गर्नु भएको छ भने एनटीसीको पोस्टपेड प्याकेज लिनु उपयुक्त हुन्छ ।
विद्यार्थी लक्षित इलर्निङ्ग प्याक
विद्यार्थीहरुलाई मात्र लक्षित गरेर एनटीसीले इलर्निङ्ग प्याक संचालन गरिरहेको छ । विद्यार्थीहरुले उक्त इलर्निङ्ग प्याकको प्रयोग गर्दा अन्य प्याकको तुलनामा सस्तो तथा राम्रो हुन्छ ।
युट्युव चलाउदा के गर्ने ?
युट्युव प्रयोग गर्ने ग्राहकहरुलाई लक्षित गरेर एनटीसीले ‘वान जिबी इन अ डे प्याक’ संचालन गरिरहेको छ । उक्त प्याक खरिद गर्न जम्मा २५ रुपैयाँ लाग्ने गर्छ ।
हेब्बी डेटा लिदा कुन लिने ?
ठूला भोलुमका डेटा प्याक चलाउने ग्राहकहरुले हेब्बी डेटा प्याक लिदा राम्रो हुन्छ । हेब्बी डेटाहरुमा सिक्स्टी जिबी तथा थर्टी जिबी डेटा प्याकेज लिनु उपयुक्त हुन्छ ।
कुनैपनि डेटा प्याक लिने बित्तिकै र दिनको अन्तिममा मोवाइलमा रहेको डेटा प्याक कति छ भनेर जाँच्नु आवश्यक हुन्छ । यसले कति डेटा खर्च भयो र कति बचेको छ भन्ने जानकारी दिन्छ ।
(नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर अजयकुमार कँडेलसँग विकासन्युजका लागि नविन पोखरेलले गरेको कुराकानीमा आधारित)
Copyright © 2024 Bikash Media Pvt. Ltd.