२०७७ भदौ १५ गते १६:०९ विकासन्युज
काठमाडाैं । सरकारले अनलाइन व्यवसाय संचालन तथा त्यस अन्तर्गत होम डेलिभरीको व्यवस्थामा रोक लगाएकाेप्रति नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले विराेध गरेकाे छ ।
बन्दाबन्दि तथा निषेधाज्ञामा समेत यस्ता व्यवसायहरुले आममानिसहरुकाे दैनिक आवश्यकताका सामान लगायत खाद्यान्न सामाग्री घर घरमा पुर्याई आम उपभोक्तालाई आफ्नो घरमै बस्न हौसला दिई रहेकाे हुनाले यसलाई बिना कुनै अवराेध संचालन हुन दिनुपर्ने मन्चले माग राखेकाे छ ।
सरकारले यस्ताे समयमा अनलाइन व्यवसायहरुले स्थानीय बजारमा उपभोक्ताहरूको आवागमन न्यून गरिरहेको विषयलाई ध्यान नदिई बन्द गरेकाे उनीहरुकाे आराेप छ।
अनलाईन प्रविधि मार्फत काम गरेर घरमा सामान पुर्याउने व्यवसायहरुले आफ्नो वितरण प्रणालीलाई अत्यन्त सुरक्षित राखि वितरण गर्ने क्रममा समेत सबै सावधानी अपनाउँदै कर्मचारीहरूलाई पीपीई सूटको व्यवस्था गरेकाे र डिलिभरी गर्ने भ्यानहरूलाई समेत प्रत्यक पटक स्यानीटाईज गरिएकाे मन्चले दाबी गरेकाे छ ।
यस्तै यसमा कारोवार पनि सकेसम्म नगद रहित नै गर्ने प्रयास गरिरहेकाे नेपालको प्रमुख स्थानीय ईकमर्स कम्पनी सस्तो डिलका संस्थापक अमुन थापाले भने । हामीले हाल वितरण गरिरहेको करिव ५० प्रतिशत सामान सरकारी सहुलियतको हो, उनले थपे ।
त्यस्तै नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष च्याग अग्रवालले यो कठिन समयमा सरकार तथा निजी क्षेत्रले सहकार्य गरी अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । महामारीको समयमा सरकारको प्राथमिकता नागरिकको स्वास्थ्यमा रहने भएकाेले नागरिकलाई सुरक्षित राख्न ई-कमर्स कम्पनीहरूले खेल्न सक्ने भुमिकालाई सरकारले सहयोग गर्नु आवश्यक रहेकाे उनले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.