२०७७ भदौ १५ गते १८:०६ विकासन्युज
काठमाडाैं । मन्त्रिपरिषदले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ। सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद बैठकका निर्णय सोमबार सार्वजनिक गर्दै चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्न सकिने बताए।
कोरोना महामारीका कारण रोकिएका परीक्षा नेपाल मेडिकल काउन्सिलले अब सञ्चालन गर्न सक्नेछ। स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न सरकारले काउन्सिललाई निर्देशन दिएको हो। परीक्षार्थी परीक्षा केन्द्रसम्म आवतजावत र सुरक्षा व्यवस्था स्थानीय प्रशासनले मिलाउनु पर्नेछ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.