२०७७ भदौ १७ गते १६:२८ विकासन्युज
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ सय ८८ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।
संक्रमितहरु काठमाडौंको ३५०, ललितपुरको २९ र भक्तपुरको ९ जना रहेको गौतमले बताए । याेसँगै संक्रमितकाे संख्या काठमाडौंमा ५ हजार २ सय ६५, ललिपुरमा ७ सय ७२ र भक्तपुरमा ५ सय ५६ जना पुगेकाे छ ।
आज देशभर ११ सय २० संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.