२०७७ भदौ १७ गते १८:१५ विकासन्युज
काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञामा अब उद्योग कलकारखाना पनि खोल्न पाउने निर्णय गरेका छन् । आज बसेको बैठकले उद्योग कलकारखाना सञ्चालन गर्न पाउने निर्णय गरेका हुन् ।
उद्योग कलाकार खानामा काम गर्ने कर्मचारी, कामदारहरुका लागि सम्बन्धित उद्योगले नै परिसर भित्र क्वारेन्टाइन बनाउनु पर्ने भएको छ भने उनीहरुको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य मापदण्डहरु पुरा गरेर काम गर्नु पर्ने बताइएको छ । यस्तै त्यसको अनुगमन भने जिल्ला कोभिड व्यवस्थापन केन्द्रले गर्नुपर्ने उल्लेख गरेको छ ।
यस्तै निषेधाज्ञामा विकास निर्माण सम्बन्धि पसल व्यवसायमा प्रयोग हुने सवारी साधन पनि दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न सकिने बताइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.