२०७७ भदौ १९ गते १७:५७ विकासन्युज
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आफूले अर्थतन्त्रको सुधारको लागि धेरै राम्रा कामको सुरुवात गरेको दाबी गरेका छन् । अर्थ मन्त्रालयमा शुक्रबार कर्मचारीसँगको बिदाई कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
‘म अफ्ठ्यारो बेलामा अर्थमन्त्री बनेको तपाईँहरू सबैलाई थाहा नै छ, धेरै सुधार गरेका छौँ, केही विषय सुधार गर्न खोज्दा सबैतिरबाट साथ पाइएन तर हामीले सुरु गरेका सुधारलाई म नभए पनि निरन्तरता दिनुहोला’ उनले भने ।
उनले अर्थतन्त्र सुधार र वित्तीय अनुशासनको लागि धेरै सुधारको जग बसाएको र यसलाई निरन्तरता दिइरहन पनि अनुरोध गरे ।
अर्थमन्त्री खतिवडाले अर्थतन्त्र कमजोर भएको र वित्तीय अनुशासन ओरालो लागेको बेलामा आफू आएको र सबै कर्मचारीको साथले सुधारको जग बसाल्न सकिएको पनि बताए ।
साथै उनले आफु सरकार बाहिर रहेर पनि देशको हितमा हुने काममा सक्रिय रहने बताए ।
उनी अब केही बेरेमा राजीनामा गर्दैछन् । उनको बिदाई कार्यक्रममा मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर, लगानी बोर्डका सीईओ, केही सहसचिव, भन्सार विभागका महानिर्देशक, महालेखा नियन्त्रकलगायत सहभागी थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.