भदौ २५ र २८ गतेका ६४० वटा कारोबार रद्द, कहिले हुन्छ सेयर कारोबारको राफसाफ ?

  २०७७ असोज ७ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले गत भदौ २५ गते(बिहीबार) र भदौ २८ गते (आइतबार)को गरी कूल ६ सय ४० वटा कारोबार रद्द भएको जनाएको छ । उक्त दुई दिन २ बजेर १५ मिनेटभन्दा अगाडि कूल ४ हजार ९ सय ३७ कारोबार भएकोमा ६ सय ४० वटा कारोबार रद्द भएको नेप्सेले जानकारी गराएको हो ।

जसमध्ये बाँकी रहेका ४ हजार २ सय ९७ वटा कारोबारको राफसाफ गर्न नेप्सेले सीडीएसलाई निर्देशन दिएको छ । नेप्सेको निर्देशन अनुसार सीडीएससीले उक्त कारोबारको राफसाफ आगामी असोज ९ गते शुक्रबार गर्ने बताएको छ ।

नेप्से कारोबार व्यवस्थापन प्रणाली(टीएमएस)मा समस्या आएकोले सोही दिनको कारोबारको राफसाफ तथा फछर्यौट सेवा सीडीएससीले तत्कालको लागि स्थगत गरेकाे थियाे ।

कारोबारमा समस्या भएकोले सो दिनको सेटलमेन्ट पोष्टपोन गर्नुहुन्न भनेर नेप्सेबाट पत्रचार भएकोले सीडीएससीले कारोबारको राफसाफ तथा फछर्यौट सेवा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.