२०७७ असोज २२ गते १४:३६ विकासन्युज
काठमाडौ । अहिले हिन्दुहरुको महान चाड विजया दशमी नजिकिदै गइरहेको छ । यो बेला विगतका वर्षहरुमा सामानहरु धमाधम आयात भइरहेका हुन्थे ।
तर अहिको वर्ष अलि फरक छ । किनभने दशैं घर आगँनमा आएपनि विश्व नै कोरोना महामारीको त्रासबाट गुज्रिरहेको छ ।
एककातिर कोरोना महामारीको त्रास छ भने अर्कोतिर दशैले छोप्दै छ । ठिक यही बेलामा मोेवाइल कम्पनीहरुले के गर्छै छन् ? कस्तो स्कीम ल्याउँदै छन् त ?
लामो समयत लकडाउन हुँदा मोवाइलको किनबेच ठप्प भयो । साथै, लकडाउन खुलेसँगै एकाएक व्यापारमा वृद्धी हुन पुग्यो । पुन अहिले बजारमा मोवाइलका माग समान्य नै रहेको व्यापारीहरु बताउँछन् ।
आयात गर्न नाका सहज तर उत्पादनमै समस्या
मोवाइल फोन आयात गर्न नाकामा आफूहरुलाई सहज भएको मोवाइल बिक्रेताहरु बताउछन् । तर अहिले मोवाइल फोनको उत्पादनमा नै केही कमी भएकोले आयातमा सामान्य समस्या हुने गरेको छ ।
भिभो मोवाइलका डिजिटल म्यानेजर पियुष गिरीका अनुसार आयातको लागि अहिले धेरै समस्या छैन । तर मोवाइल कम्पनीहरुले उत्पादन नै कम गरेको अवस्थामा मोवाइल फोन ल्याउन ढिलाइ हुने गरेको छ ।
‘हामी त मोवाइल फोन कै बिक्री गर्ने मान्छे, धेरै बिकोस् भन्ने त लाग्छ नै, अहिले दशैको बेला भएपनि पहिलेको भन्दा फरक बेला छ, कोरोना महामारीका कारण हामीले ग्राहकहरुलाई सुरक्षित रहेर मात्र मोवाइल फोन किन्न भन्छौं, किनकि महामारीको समयमा सबै जोगिएर किनबेच गर्नु पर्छ’, भिभो मोवाइलका मार्केटिङ्ग म्यानेजर गिरीले विकान्यूजसँग भने ।
लकडाउनको समयमा पनि मोवाइल तथा कम्प्युटर धेरेको साथी बन्ने गरेको छ । लकडाउन खुल्ने बित्तिकै एकाएक मोवाइलको माग बढेको पनि हो । सरकारले पनि अनलाइन माध्यमबाट अध्ययन अध्यापन गराउन भनेपछि मोबाइल तथा ल्यापटपको माग धेरै बढेको छ । तर अहिलेको दशै विगतका वर्षमा जस्तो हेरेर किन्न त्यति सहज छैन ।
अहिले कार्यालय, विद्यालय भर्चुअल्ली संचालन भइरहेका छन् । सोही कारण ग्राहकहरुले मोवाइल फोन तथा अन्य किनमेल अनलाइनबाटै गर्ने सम्भावनापनि अधिकतम छ ।
के होला दशै अफर ?
पहिले पहिले मोवाइल फोन ग्राहकले हेरेर चलाएर पैसा बुझाउनु पथ्र्यो । त्यस्तो अवसरमा मोवाइल कम्पनीहरुले विभिन्न किसिमका केही घोषित तथा अघोषित गिफ्टहरु दिन्थे । तर अब अनलाइनबाटै मोवाइल अर्डर गर्दा पनि ग्राहकहरुले गिफ्टहरु पाउँने सम्भावना छ ।
मोवाइल बिक्रेताहरुले यसपालीको दशैमा पनि विभिन्न किसिमका अफरहरु आउने बताएका छन् । उक्त अफरहरु भने आगामी सातामा सार्वजनिक हुने जानकारी दिएका छन् ।
कोरोना महामारीले अहिले मोवाइल रहरले भन्दापनि आवश्यकताले किन्ने बेला हो भन्ने देखाएको छ । तर आवश्यकतामा काम लाग्ने र भरपर्दो साथी भएकाले मोवाइलको अपरिहार्यता झनै बढेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.