२०७७ कार्तिक २७ गते ११:४९ विकासन्युज
काठमाडाैं । सुबिसु मानर्समा हस्ताक्षर गर्ने नेपालकाे पहिलाे इन्टर्नेट सेवा प्रदायक(आइएसपि) कम्पनी बनेकाे छ । नेपाल दुरसन्चार प्राधिकरणकाे साइबर सेक्युरिटीकाे कानुनमा हरेक आइएसपि, एनएसपि, टेलक्सले अनिवार्य रुपमा लागु गर्नुपर्ने प्रावधान रहेकाे छ जसमा सुबिसु हस्ताक्षर गर्ने नेपालकाे पहिलाे आइएसपि बनेकाे हाे ।
मानर्स राउटिङ सेक्युरिटीकाे लागि परामर्श दिनकाे लागि इन्टरनेट साेसाइटीले सुर गरेकाे कार्यक्रम हाे जसले इन्टरनेट राउटिङमा हुने समस्यहरुलाई दिर्घकालिन रुपमा समधान गर्दछ . यसले राउटिङ सेक्युरिटी सम्बन्धी सुरक्षित तरिकाले काम गर्न ठुलाे भुमिका खेल्दछ ।
इन्टरनेछ जगतमा हरेक दिन साइबर सुरक्षा सम्बन्धी थुप्रै खालका घटनाहरु घटिरहेका छन् जसले गर्दा ग्लाेबल इन्टरनेटमा नै विभिन्न समस्यहरु आइपर्ने गर्दछ जस्तै राउट हाइज्याकिङ, राउट लिक, आइपि एड्रेस स्पुफिङ लगायतका नकरात्मक गतिविधीहरुले ठुलाे क्षति पुराउँदछ ।
यस्ता समस्याहरुलाई समधान गर्नकाे लागि कम्पनीले यसमा हस्ताक्षर गरेकाे सुबिसुले जनाएकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.