एनएमबी बैंकसहित एकैदिन ८ वटा कम्पनीको सेयर मूल्य समायाेजन

  २०७७ पुष १६ गते १०:५२     विकासन्युज

काठमाडौं । नेप्सेमा बिहीबार विभिन्न ८ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बोनस सेयर पश्चात ३ वाणिज्य बैंक सहित ८ कम्पनीको एकैदिन सेयर मूल्य समायोजन भएको हो ।

एनएमबी बैंकको पनि १३ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात बैंकको सेयर कारोबार प्रतिकित्ता ३७८ रुपैयाँ खुल्ने छ । यसअघि बैंकको पछिल्लो कारोबार प्रतिकित्ता ४२७ रुपैयाँमा भएको थियो ।

सेञ्चुरी कमर्शियल बैंकको ५.२५ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । प्रतिकित्ता २०९ रुपैयाँ रहेको बैंकको सेयर मूल्य समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ कायम भएको छ ।

नेपाल बैंकको पनि १२ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको छ । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँ रहेको छ । जबकी बैंकको पछिल्लो कारोबार प्रतिकित्ता ३७१ रुपैयाँमा भएको थियो ।

त्यस्तै, कामना सेवा विकास बैंकको पनि बिहीबार सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २१६ रुपैयाँ कायम भएको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पनि १३ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । यससँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २३५ रुपैयाँ रहेको छ ।

१८ प्रतिशत बोनस पछि साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १०३८ रुपैयाँ कायम भएको छ ।

साना किसान लघुवित्तको २५ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार ४१५ रुपैयाँ रहेको छ ।

बरुण हाइड्रोपावर कम्पनीको ५ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७१ रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता १८० रुपैयाँमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.