२०७७ माघ ५ गते ११:०६ विकासन्युज
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
माघ ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
हाल संस्थाको चुक्ता पुँजी ७ करोड ६७ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयरपछि संस्थाको चुक्ता पुँजी ९ करोड २० लाख रुपैयाँ पुग्ने छ ।
उक्त प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा कम हो । संस्थाले अघिल्लो आव २०७५/७६को नाफाबाट सेयरधनीलाई २५.२७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
Closing date kahile samma ho yo bonus pauna lie kahile samma share khata ma rakhnu parx