२०७७ माघ ८ गते १५:०० विकासन्युज
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले १९.४२ प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार मात्रै यस संस्थालाई अंकित मूल्य १०० को ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।
बोर्डले दिएको स्वीकृति अनुसार संस्थाले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।
सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीको धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.