२०७७ माघ १० गते ११:०१ विकासन्युज
काठमाडौं। राइड शेयरिङ पठाओमा चढ्ने यात्रुहरुको पनि दुर्घटना बीमा भएको छ । कम्पनीले शुक्रबार एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग पठाओमा चढ्ने यात्रुहरुको पनि बीमा गराएकाे हाे ।
यस बीमा सेवा अन्तर्गत राइडको दौरान कुनै पनि ग्राहक तथा राइडर/चालकको दुर्घटनाका कारणले मृत्यु, अपांगता भएमा बढीमा ५ लाख रुपैयाँसम्म बीमाबाट उपलब्ध हुनेछ ।
यस्तै कुनै पनि ग्राहक तथा राइडर/चालकले १ लाखसम्मको दुर्घटना उपचार बीमा पनि पाउने छन् । यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भएपछि ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरुसहित निवेदन दिनुपर्नेछ ।
पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राइडर/चालकले यो सुविधा पाउने कम्पनीले जनाएकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.