२०७७ माघ १३ गते ११:४४ विकासन्युज
काठमाडौं । अपि पावर कम्पनीका सेयरधनीले यहि माघ मसान्तभित्रै २ आर्थिक वर्षको बोनस र हकप्रद सेयर पाउने भएका छन् । मंसिर ८ गते सम्पन्न कम्पनीको सभाले पारित गरेको दुई आर्थिक वर्षको बोनस र हकप्रद सेयर सेयरधनीले यो महिनाभित्रै आफ्नो डिम्याट खातामा पाउने भएका हुन् ।
कम्पनीले पछिल्ला २ आर्थिक वर्षको बोनस सेयर तथा हकप्रद सेयरको बाँडफाँड पश्चात सम्बन्धित हितग्राहीको खातामा जम्मा गर्ने काम २०७७ माघ मसान्तसम्म गर्ने तयारी भइरहेकाे जानकारी गराएकाे हाे ।
कम्पनीकाे सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत दरले र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियाे । यसैगरी सभाले नयाँ चुक्ता पुँजीको १ बराबर ०.८५६६ हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको थियाे ।
कम्पनीले हालै हकप्रद सेयर निष्काशन गरेर चुक्ता पुँजी वृद्धि गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि मङ्सिर विद्यमान १ कित्ता साधारण सेयर बराबर ०.४७६ कित्ता साधारण सेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिसेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।
सम्बन्धित समाचार
Copyright © 2024 Bikash Media Pvt. Ltd.