एनएमबि बैंकको बचतमा सर्वोच्च व्याजदर

  २०७७ माघ १३ गते १६:५८     विकासन्युज

काठमाडाैं । हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन व्याज प्राप्त भई लगानीको प्रतिफल सन्ताेषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटिने गरी एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको छ ।

माघ महिना अघि देखीनै बचतमा बढी ब्याज दिन शुरु गरेको एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याज बचतमा ५.१ प्रतिशतसम्म र मुद्दतीमा ८.१ प्रतिशतसम्म प्रदान गरिरहेको छ ।

चार वर्षमा तीन पटक बैंक अफ दि इयर अवार्ड पाएको एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई ध्यानमा राखी अधिकतम व्याजको योजना अघि सार्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.