२०७७ माघ १४ गते ११:११ विकासन्युज
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नेपालकै पहिलो खुलामुखी याेजना “एनआईबिएल सहभागिता फण्ड” को राफसाफ तथा फछ्र्यौट टी प्लस टूमा हुने भएको छ । हाल ‘टी प्लस थ्री’ प्रणालीमा राफसाफ तथा फछ्र्यौट हुँदै आएको उक्त फण्डकाे इकाई आज(माघ १४ गते) देखि भने ‘टी प्लस टू’ प्रणालीमा अर्थात एकदिन छिटाे हुने भएको हो ।
हालै नेपालको धितोपत्र बजारमा धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र ‘टी प्लस थ्री’ कायम गरिएको अभ्यासलाई समेत दृष्टिगत गर्दै क्यापिटलले आजैदेखि नयाँ व्यवस्था लागू गरेको हो । साथै, यस योजनाको विवरण पुस्तिकामा सो चक्रलाई कार्य प्रणाली तथा दक्षतामा अभिवृद्धि गर्दै घटाउँदै लगिने क्यापिटलले इकाईधनीलाई जानकारी गराएको छ ।
“एनआईबिएल सहभागिता फण्ड” नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी म्युचुअल फण्ड हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.