२०७७ माघ १५ गते १६:०४ विकासन्युज
काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पूर्व अध्यक्षहरुलाई विभिन्न जिम्मेवारी दिदै समेट्ने पहल गरेका छन् । पूर्व अध्यक्ष पशुपति मुरारकालाई महासंघको विशिष्ठ सदस्य बनाएका अध्यक्ष गोल्छाले थप ८ जना पूर्व अध्यक्षहरुलाई विभिन्न जिम्मेवारी प्रदान गरेका छन् ।
महासंघलाई आजको अवस्थासम्म ल्याई पुर्याउन निर्वाह गरेको भूमिकाको उच्च मुल्यांकन गरी वर्तमान कार्यकारिणी समितिको कार्यकालमा पूर्व अध्यक्षहरुलाई जिम्मेवारी दिइएको महासंघको भनाई छ ।
महासंघका अनुसार निवर्तमान अध्यक्ष भवानी राणालाई दुईटा जिम्मेवारी प्रदान गरिएको छ । राणालाई सदस्यता समिति र नेपाल–भारत ज्वोइन्ट विजनेस फोरमको जिम्मेवार दिइएको छ । पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको जिम्मेवारी प्रदान गरिएको छ ।
यस्तै, पूर्व अध्यक्ष पद्म ज्योतिलाई व्यवसायिक आचार संहिता फोरमको, पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठलाई फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीको, पूर्व अध्यक्ष रविभक्त श्रेष्ठलाई अनुशासन समितिको, पूर्व अध्यक्ष विनोद बहादुर श्रेष्ठलाई नेपाल–चाइना ननगभर्नमेन्टल को–अपरेसन फोरमको, पूर्व अध्यक्ष कुशकुमार जोशीलाई विधान संशोधन फोरमको र पूर्व अध्यक्ष सुरज बैद्यलाई अन्तराष्ट्रिय सम्बन्ध फोरमको जिम्मेवारी दिइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.