२०७७ माघ १६ गते १७:४८ विकासन्युज
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अनुशासित भएको बताएका छन् ।
शुक्रबार काठमाडौं महानगर कमिटीद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अनुशासित पार्टी भएको बताएका हुन् ।
विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरु पार्टीबाट बाहिर भएको भन्दै उनले नेकपा स्पष्ट दृष्टिकोणको साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको बताए । प्रधानमन्त्री ओलीले नेकपाले देशलाई गलत बाटोमा जान नदिने पनि बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.