प्रतिनिधिसभा पुनरस्थापना हुन्छ भन्नु भ्रम मात्रै हाे- अर्थमन्त्री

  २०७७ माघ १८ गते १९:४०     विकासन्युज

biकाठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी भित्रैबाट छापामार शैलिमा संविधानको प्रवन्धभन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् ।

मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बर्द्धन सशक्तिकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै आर्थमन्त्री पौडेलले छापामार शैलिमा संविधान र कानूनको प्रवन्ध र संसदीय दलको विधानको भन्दा पृथक खालका अभ्यासहरु गर्ने सडयन्त्रमूलक क्रियाकलाप भएकाले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका हुन् ।

उनले अनुशासित प्रतिनिधि सभा निर्माण गर्नका लागि जनताप्रति, राष्ट्रप्रति जवाफदेही भएर काम गर्ने प्रतिनिधि सभा निर्माण गर्न ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका पनि बताए । संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता र समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशिल र अनुशासित प्रतिनिधि सभाको आवश्यकता रहेको तर्क गरे ।

सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा धेरै महत्वका कामहरु गरिरहदा ती कामहरुलाई साथ समर्थन दिएर सहयोग गर्नुपर्नेमा पार्टी भित्रैबाट खुट्टा तान्ने र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने, पार्टीमा विग्रहको अवस्था सिर्जना गर्ने प्रकारका प्रयासहरु भएको पनि बताए । सरकारले गरेका कामबाट विपक्षीहरुले विरोध गर्ने विषय नपाउँदा, जनताले साथ र समर्थन दिइरहेका बेला पार्टी भित्रबाट असहयोग भएको पनि बताए । सरकारलाई जनताको पक्षमा राम्रा काम गर्न नदिने क्रियाकलाप भएकोले पनि प्रतिनिधि सभा विघटन गरी अनुशासित प्रतिनिधि सभा निर्माण गर्न चुनावमा जानुपरेको स्पष्ट पारे ।

निर्वाचनका लागि द्विविधा मुक्त भएर अगाडि बढन समेत अर्थमन्त्री पौडेलले आग्रह गरेका छन् । अझैपनि केही मानिसहरु प्रतिनिधि सभा पुनरस्थापना हुन्छ की भन्ने भ्रमले छातिमा पोस्टर टासेर सडकमा बसिरहेको बताए । संविधानको अर्थ र मर्मलाई बुझ्ने हो भने प्रतिनिधि सभा पुनरस्थापना हुने कुनै सम्भावना नभएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.