२०७७ माघ २१ गते १३:१४ विकासन्युज
काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरशन (नेपाल) ले आगामी फागुन २५ गते वार्षिक साधारणसभा बोलाएको छ । माघ २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश पारित गर्न सो दिन सभा आव्हान गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६को नाफाबाट चुक्ता पुँजीको १०.५२ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र बाँकी कर प्रयोजनको लागि) प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई अबको सभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।
कम्पनीकाे १८औ वार्षिक साधारणसभा फागुन २५ गते काठमाडौंमा हुने भएको हो । सभाकाे मिति तय गरेकाे कम्पनीले हालसम्म बुक क्लाेजकाे मिति भने तय गरेकाे छैन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.