नेपाली युवा उद्यमी फोरमकाे वीरगन्ज र जनकपुर अध्याय स्थापना

  २०७७ फागुन ११ गते १६:४५     विकासन्युज

काठमाडाैं । नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) अन्तर्गत वीरगन्ज र जनकपुर अध्यायको स्थापना भएकाे छ ।

युवा व्यवसायिहरुलाई सकारात्मक व्यक्तिगत सोच र दृष्टिकोण सशक्त बनाएर विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फाेरमले वीरगन्ज र जनकपुर अध्यायको स्थापना भएकाे जनाएकाे छ ।

वीरगन्ज अध्यायकाे उद्घाटन कार्यक्रम वीरगन्जको विश्व होटलमा र जनकपुर अध्यायको उद्घाटन कार्यक्रम जनकपुरधाम होटल सीतासरणमा भएकाे थियो ।

वीरगञ्ज अध्यायकाे अध्यक्षता  युवा उद्यमी अनुप कुमार अग्रवालले गरेका थिए भने जनकपुर अध्यायबाट डा. सोनी महतोको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएकाे छ ।

वीरगञ्ज अध्यायबाट राकेश शाह पहिलो उपाध्यक्ष र संदीप अग्रवाल उनको अध्यक्षतामा गठन भएको नयाँ कार्य समितिको तेस्रो उपाध्यक्ष भएका छन् । नयाँ कार्यसमितिका संस्थापक अध्यक्षमा अरविन्द्र बहादुर अमात्य रहेका छन् भने सदस्यहरुमा विश्व प्रताप शाह, काजल सिंह, अक्षत शाह, विकास ठाकुर, मनीषा सुनुवार श्रेष्ठ, संकल्प शाक्य र पंकज अग्रवाल रहेका छन् ।

यस्तै जनकपुर अध्यायबाट कमिटीको अध्यक्षमा डा। सोनी महतो, उपाध्यक्षमा आशीष महतो, उपाध्यक्ष रुपा महतो, सदस्यहरु मोहन शाह, अपूर्भा गुप्ता, पंकज प्रसुन र माया शाह रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.