आईपीओको रिजल्ट हेर्न सीडीएससीले ल्यायो छुट्टै वेवपोर्टल, बाँडफाँड हुने बित्तिकै हेर्न पाइने

  २०७७ फागुन १५ गते ११:५५     विकासन्युज

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएससी)ले सार्वजनिक निष्काशन भएका धितोपत्रको बाँडफाँडको नतिजा हेर्नको लागि छुट्टै वेव पोर्टल सञ्चालनमा ल्याएको छ । लगानीकर्ताले आफ्नो गोपनियताको साथसाथै सहज रुपमा आईपीओको रिजल्ट हेर्न सकून् भन्ने उद्देश्यले सीडीएससीले नयाँ वेव पोर्टल ‘आईपीओरिजल्टसीडीएससीडटकमडटएनपी’ सञ्चालनमा ल्याएको हो ।

यससँगै अबदेखि लगानीकर्ताले आईपीओ लगायत सार्वजनिक निष्काशन भएका धितोपत्रको बाँडफाँडको नतिजा आईपीओ रिजल्ट सीडीएससी डटकमडट एनपीमा गएर सहज रुपमा हेर्न सक्नेछन् ।

यसअघि सीडीएससीले दुई दिन अघि मात्रै आईपीओको रिजल्ट तीन वटा निकाय आईपीओ निष्काशन गर्ने कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो सेयर मार्फत मात्रै हेर्न पाइने गरि नयाँ व्यवस्था गरेको थियो । सो अनुरुप फागुन १४ गते बाँडफाँड भएको महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडको नतिजा सो कम्पनी तथा उक्त सार्वजनिक निष्काशनको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको वेव साइटमा राखिएको थियो ।

तर, लगानीकर्ताको अत्याधिक चापका कारण दुबै वेवसाइटले काम गर्न नसकेकोले उनीहरु उक्त सेवा पाउनबाट बञ्चित भएकाले सीडीएससीले नयाँ साइट सञ्चालनमा ल्याएको हो । साथै, सो अवधिमा सम्पूर्ण लगानीकर्ताको चाप मेरो सेयरमा पर्न गएको र मेरो सेयर मार्फत प्रदान गरिरुएको अन्य सेवाहरु समेत प्रभावित भएकोले अबको दिनमा त्यस्तो नहोस् भन्ने उद्देश्यले संस्थाले नयाँ व्यवस्था गरेको हो ।

अझैपनि महिला लघुवित्तको आईपीओको रिजल्ट हेर्न नपाएर तनावमा हुनुहुन्छ ? अब यसरी हेर्नुहोस्

त्यस्तै, हाल सञ्चालनमा ल्याइएको नयाँ पोर्टलमा सार्वजनिक निष्काशनको नतिजा मात्र राखिने छ । जुन सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्दा समेत सहज रुपमा सञ्चालन गर्न सकिने गरि उच्च क्षमतामा तयार गरिएको सीडीएससीले जनाएको छ । त्यस्तै, सो पोर्टलमा लगानीकर्ताले कुनै पनि कम्पनीको सेयर निष्काशन पछि बाँडफाँडको नतिजा बाँडफाँड सम्पन्न हुने बित्तिकै यथाशीघ्र सहज रुपमा हेर्न सक्नेछन् ।

सम्बन्धित सामाग्री

विकासन्युज समाचार प्रभावः डिम्याट खाता दुरुपयोग रोकियो, अब कसरी हेर्ने आईपीओ रिजल्ट?

2 comments on "आईपीओको रिजल्ट हेर्न सीडीएससीले ल्यायो छुट्टै वेवपोर्टल, बाँडफाँड हुने बित्तिकै हेर्न पाइने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.