निफ्राका सीईओलाई प्रश्नः सेयर मूल्य किन घटिरहेको छ ?

  २०७७ चैत १ गते १८:३९     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले निकै चर्चा पाएको छ । अझ स्पष्ट भनौं लगानीकर्ताको आकर्षण र प्राथमिकतामा सबैभन्दा बढी निफ्रा परेको छ ।

नेपाली सेयर बजारको इतिहासमा सबैभन्दा बढी सर्वसाधारणले आईपीओ भरेर पाएको एउटा मात्रै कम्पनीकाे रुपमा निफ्रा  परिचित छ । यसको आईपीओ भरेका सबैले ५० देखि ६० कित्तासम्म पाएका थिए । त्यसैले पनि अहिले निफ्राको सेयर मूल्य घट्नु र बढ्नुसँग धेरैको सरोकारको विषय बन्ने गरेको छ ।

साना लगानीकर्ता हुन् वा ठूलै लगानीकर्ता किन नहुन् हरेक ठाउँमै निफ्राकै सेयर मूल्यै र घटबढ्कै चर्चा हुन्छ । २० करोड कित्ता सेयर सूचीकृत भएको यस कम्पनीको बजार पुँजीकरण १ खर्ब ४ अर्बको पुगेको छ ।

दोस्रो बजारमा कारोबार सुरू भएको दिनदेखि रफ्तारमा अगाडि बढिरहेको यस कम्पनीको सेयर मूल्य पछिल्लो केही दिन यता भने घट्दै गएको छ । प्रतिकित्ता ५ सय ६० रुपैयाँसम्म सेयर मूल्य कायम गरेको यस कम्पनीको आज (आइतबार)को सेयर मूल्य भने ५ सय २३ रुपैयाँ मै सीमित भयो ।

कम्पनीको सेयर मूल्यले निरन्तर आरालो यात्रा तय गरेसँगै अहिले धेरै आशंका र कतिपयमा निराशा पनि उत्पन्न भएको छ । धेरै सर्वसाधारण लगानी यस कम्पनीमा भएकाले पनि अब यसकाे सेयर मूल्य कता जाला भन्ने अड्कलवाजी पनि धेरैले गरेका छन् ।

सेयरमूल्य घट्दै गएपनि सेयर खरिद बिक्रीको चाप भने बढेकै छ । आज मात्रै ५ लाख २१ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
सेयर मूल्य घटिरहेको बेला निफ्राका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले भने सेयर मूल्य घटबढ्लाई त्यति ठूलो असरका रुपमा नलिन आग्रह गर्छन् ।

‘सेयर मूल्य निर्धारण हुने माग र आपूर्तिले नै हो, ससर्ती हेर्दा १०/१२ लाखसँग ब्रोकर एकाउण्ट नै छैन, निश्चित मानिससँग मात्रै ब्रोकर एकाउण्ट भएको कारणले पनि मार्केट अलिकति माथि गयो, विस्तारै मानिसहरुले ब्रोकर एकाउण्ट पनि खोलिरहेका छन्, यसले गर्दा मार्केटमा सेयरको फ्लो बढ्दै गएको छ, कम्पनीको सेयर मूल्य निर्धारण गर्ने नै मार्केट हो, यसलाई कम्पनीको फण्डामेन्टल्स वा अन्यसँग जोड्न त्यति धेरै आवश्यक पनि हुँदैन, बजार पनि २६ सयमा पुगेको थियो अहिले २४ सयमा झरेकाे छ भने पछि यो त सेयर मूल्य न हो, अहिले सबै कम्पनीको सेयर घटी नै रहेको छ, यसको मात्रै घट्याे भन्ने पनि हुँदैन । ’ उनले भने ।

दैनिक कम्पनीको सेयर मूल्य बढ्नु नै पर्छ भन्ने पनि नभएको उनको तर्क छ ।

यस्तै, उनले कम्पनीले तत्काल रिटर्न दिन सक्ने अवस्था नरहेको बताए । हामीले तत्काल रिटर्न दिने अवस्था छैन, यसका लागि समय नै लाग्छ, प्रयाप्त रिटर्नका लागि कि रिजर्भ हुुनु पर्यो, हामीसँग २ अर्बको रिजर्भ छ । इन्टरनेश्नल रुपमा हेर्दा पनि यस्ताे खालको बैंकको तत्कालै रिटर्न दिन सक्ने अवस्था हुँदैन,’ उनले भने ।

सम्बन्धित सामग्री

निफ्राले लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको बोन्ड जारी गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.