२०७७ चैत ११ गते ११:२६ विकासन्युज
काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तर्गतको ४ लाख ६८ हजार ८ सय २८ कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको न्यूनतम मूल्य १५००.५० रुपैयाँ तोकिएको छ ।
उक्त संस्थापक सेयर खरिद गर्न विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरु योग्य रहने बैंकले जनाएको छ ।
यस सेयरमा न्युनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । इच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाले चैत ३ गतेदेखि आगामी चैत १७ गतेसम्ममा आवेद दिन सक्ने छन् ।
उनीहरुले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.