२०७८ वैशाख २३ गते १७:३० विकासन्युज
काठमाडौं । काभ्रेको चौंरीदेउराली गाउँपालिकामा कोरोना भाइरस संक्रमणको दर बढ्न थाले पछि पालिकाले १८ वेडको आइसोलेसन कक्ष बनाउने तयारीमा लागेको छ । पालिकाको ३ ओटा अस्पातालमा १८ वेडको आइसोलेसन कक्ष बनाउने तयारीमा लागेको हो ।
धुसेनी शिवालय प्राथमिक अस्पतालमा १० बेडको, डिसीडब्लुसि अस्पतालमा ५ बेडको र धुलिखेल अस्पतालको आउटरिच सलम्बुमा ३ बेड गरी जम्मा १८ ओटा आइसोलेसन कक्ष बनाउने तयारी गरेको पालिकाका सूचाना अधिकारी सफल दुलालले जानकारी दिए ।
पालिकाको बजार क्षेत्रहहरु बन्द नभए पनि भिडभाडलाई कम गर्नको लागि नागरिकहरुलाई अपील गरेको दुलालले जानकारी दिए ।
बाहिरी जिल्लाबाट आउने मानिहरुलाई १४ दिनसम्म क्वारेन्टिरमा बस्नको लागि पालिकाले आग्रह गरेको छ । मास्क क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई जोड दिएको पनि दुलालले जनाए ।
आइसोलेसन कक्षमा आवश्यक २० ओटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिने र उक्त सिलिन्डर खरिदको प्रक्रिया समेत अगाडि बढाउने तयारी गरेको दुलाले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.