२०७८ वैशाख २४ गते १४:४२ विकासन्युज
काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकामा कोरोना संक्रमण दर बढ्न थालेपछि उपमेयरले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरेकी छन् । पालिकामा कोरोनाका बिरामीको चाप बढ्दै गएपछि उपमेयर सुशीला पाख्रीनले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेकी हुन् ।
पालिकामा कोरोनाको संक्रमणदर उच्च रहेको र एबुलेन्सको अभाव भएको कारणले आफुले चढ्ने सवारी एबुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।
पाख्रीनले चढ्ने गाडी आजबाट एबुलेन्सको रूपमा प्रयोग भएको छ । कोरोना संक्रमति बिरामी बोक्न, स्वाब परीक्षणका लागि अस्पतालसम्म लैजान तथा अन्य आवश्यक कामका लागि गाडी प्रयोग हुने उपप्रमुख पाख्रीनले जानकारी दिइन् ।
पालिकाले सर्वसाधारणहरुको पीसीआर परीक्षण गर्न सुरु गरेको एक हप्ता भएको छ । कोरोनाको लक्षण देखिएका नागरिकहरूको पीसीआर निःशुल्क गर्दै आएको पनि पाख्रीने जानकारी दिइन् ।
पाख्रीनका अनुसार हाल पालिकामा ११ जना सक्रिय संक्रमित रहेका छन् । अक्सिजन सहितको १५ बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा रहेको उनको भनाई छ । पालिकामा अक्सिजन र आइसोलेसन कक्ष बढाउने तयारी भइरहेको पनि उनले जानकारी दिइन् । उनले आफु चढ्े गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरेर उदाहरणिय काम गरेकी छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.