२०७३ जेठ २१ गते ४:२८ विकासन्युज
राजविराज, २ वैशाख । सप्तरीको प्रसिद्ध मन्दिरमध्ये शम्भुनाथ नगरपालिकामा रहेका शम्भुनाथ मन्दिरमा बुधबारबाट एकमहिने मेला सुरु भएको छ । नयाँ वर्षको सुरुवातसँगै यो मन्दिरमा प्रत्येक बर्ष झैँ यस वर्ष पनि श्रद्धालु भक्तजन पूजापाठका लागि आउने गरेको स्थानीयवासी श्रवण चौधरीले बताए ।
उनका अनुसार यहाँ एक महिनासम्म ठूलो मेला लाग्ने गरेको र यस मेलामा सप्तरीसहित सुनसरी, मोरङ र सिरहाबाट पूजापाठ तथा मेला भर्नका लागि आउने गरेको बताइएको छ ।
एक महिनासम्म लाग्ने मेलामा पूजाआजा गर्नाले वर्षभरि सुख, शान्ति र घरपरिवारमा अमनचयन प्राप्ति हुने जनविश्वास रहिआएको छ । यहाँको मेलामा एक महिनासम्म विभिन्न सांस्कृतिक कार्यक्रम हुनुका साथै नाचगान, रम्लिला लगायतका कार्यक्रम हुने गरेको छ ।
यस्तै सप्तरीको हनुमाननगर योगनी माई नगरपालिका–२ सकरदहीमा दुईदिने मेला सुरु भएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.