अपग्रेडेड फिचरसहित भित्रियो स्कोडाको नयाँ यति, मूल्य ७२ लाख ९५ हजार रुपैयाँ मात्र

  २०७३ जेठ ३१ गते ११:३६     विकासन्युज

काठमाडौं, ३१ जेठ । नेपाली बजारमा स्कोडा यतीको फेसलिफ्ट भित्रिएको छ । स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) सेगमेन्टमा आफ्नो उपस्थिती बनाउन कम्पनीले यतीको डिजाइन र सुविधाहरु ‘रिफ्रेस’ गरी बजारमा ल्याएको हो ।

SKODA-Yeti-Outdoor-47409_0-

नेपालमा स्कोडा कार एमएडब्लु इन्टरप्राइजेजले आधिकारिक बिक्री वितरण गर्दै आएको छ । नयाँ स्कोडा अधिक शक्ति, बजोड नियन्त्रण र इन्धनको कम खपत गर्ने लगायतका गुणले सुसज्जित रहेको कम्पनीले बताएको छ । नेपाली सडक सुहाउँदो कम्प्याक्ट एसयुभी यतिमा बाई(जेनन एएफएस डेडलाइट, एलइडी डेटाइम रनिङ लाइट र हिल होल्ड कन्ट्रोल लगायतका सुविधा भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यतिमा चालक र यात्रुको सुरक्षाका लागि ६ वटा एयरब्याग राखिएको छ । यसमा ६ वटा स्पिडको म्यानुअल ट्रान्समिसन रहेको छ । स्कोडाको नयाँ यतीले यात्रुलाई अत्यधिक शक्ति, बेजोड नियन्त्रण र कम इन्धन खपतको अनुभव दिलाउने कम्प्नीको दाबी छ । यसको माइलेज १७ किलोमिटर प्रतिलिटर रहेको छ ।
20131112063626_Skoda-Yeti_2

एबीएस, इएसपी, एचएचसी र इडीएल जस्ता सिस्टमले कारलाई अफ(रोडमा समेत स्थिर र नियन्त्रणमा राख्न मद्दत गर्छ । बलियो बडी डिजाइन र च्यासिसले कारको सुरक्षालाई प्रत्याभुत गर्छ । पार्किङको बेला अन्य गाडीसँग नठोक्कियोस् भन्नका लागि पार्काट्रोनिक जडान गरिएको छ ।

यतीमा पाँच वटा थ्रि(प्वाइन्ट सेफ्टी बेल्ट र पाँच वटा हेड रिस्ट्रेन्ट राखिएका छन् । कारमा ६ वटा एयरब्याग दुइवटा यात्रु र अगाडिको सिटमा बस्ने यात्रु, दुइवटा अगाडिको सिटको साइडमा र दुई वटा पछाडिका यात्रुलाई लक्षित गरी राखिएका छन् । एयरब्याग एक्टिभ भएपछि इन्धन आपुर्ति बन्द हुन्छ र सबै ढोकाहरु स्वचालित रुपमा खुल्छन् ।

नयाँ यतीमा विशेष स्कोडा ग्रिल र आकर्षक स्कोडा ब्याज लगाइएको छ । यसले यतिलाई यो सेग्मेन्टमै अद्वितीय बनाएको छ । टेलिस्कोपिक हेडल्याम्प वासर, सिल्भर अन्डरवडी प्रोटेक्सन स्ट्रिप, लेभलिङ गर्न सकिने बाइ(जेनन हेडल्याम्प, डेलाइट ल्याम्प र विशेष प्रकारले बनाइएको एरो(वाइपरले कारको बाहिर लुक्सलाई थप आकर्षक बनाएको छ ।

ग्राहकले विभिन्न चारवटा ब्लु, ह्वाइट, म्याटो ब्राउन र ब्ल्याक कलरमा यती कार छान्न सक्नेछन् । नयाँ यतिको अगाडि र पछाडिको छेऊमा लिड लाइट, नयाँ रेडियटर ग्रिल, नयाँ बम्पर, नयाँ फ्रन्ट हेडलाइट र फगलाइट छ । पहिलो पटक स्कोडा यतिमा बाइ(जेनन एएफएस हेडलाइट सिस्टम, लिड डेटाइम रनिङ लाइट र हिल होल्ड कन्ट्रोल जडान गरिएको बताइएको छ ।

नेपाली बजारमा स्कोडा यति ४×२ को मूल्य ७२ लाख ९५ हजार रुपैयाँ र स्कोडा यति ४×४ को मूल्य ७७ लाख ४५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.