२०७८ वैशाख २९ गते १७:३४ विकासन्युज
काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिकाले अक्सिजन सहितको १० बेड क्षमता भएको आइसोलेन वार्ड सञ्चालनमा ल्याएको छ । तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरसका संक्रमितलाई उपचार गर्नका लागि अक्सिजनसहित १० बेड क्षमता भएको आइसोलेन वार्ड सञ्चालनमा ल्याएको हो ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ । पालिकाले पुरानो भवनमा सुविधायुक्त अस्थायी कोभिड अस्पताल बनाएको छ ।
पालिकाको हालको अवस्था हेर्दा उपचार गरेर संक्रमणलाई रोकथाम गर्न सम्भव नभएकाले निषेधाज्ञाको पूर्ण पालना नागरिकले गर्नुपर्ने अवस्था छ । नगरबासीले निषेधाज्ञाको पूर्ण पालना गर्दै घरमै सुरक्षित साथ बसिदिन पनि पालिकाले आग्रह गरेको छ । पालिकामा कोरोनाका संक्रमितहरु दिनहुँ बढ्दो छ भने संक्रमितको उपचार गर्न पनि समस्या रहेको छ ।
बाहिरी जिल्लाबाट आउने मानिहरुलाई १४ दिनसम्म क्वारेन्टिरमा बस्नको लागि पालिकाले आग्रह गरेको छ । पालिकाले मास्क क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई जोड दिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.