सिटिजन्स बैंकको थप ३ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

  २०७३ असार १ गते ८:०४     विकासन्युज

काठमाडौं, १ असार । सिटिजन्स बैंकले थप ३ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । नुवाकोट जिल्ला स्थित रालुकादेवी, थापे्रक र खरानीटार गाविसमा ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको बैंकले जनाएको छ ।

भुकम्पबाट अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ प्रणाली मार्फत वित्तीय पहुँच पुर्याउनको लागि बैंकले उक्त स्थानमा सो सेवा उपलब्ध गराएको छ । देशका विभिन्न दुर्गम ठाउँका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ युके एडको लगानिमा संचालित सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा शाखा विस्तार गरेको हो ।

उक्त शाखा रहित बैंकिङ सेवाको सञ्चालन पश्चात बैंकको कुल शाखा रहित बैंकिङ्ग सेवाको संख्या ९२ पुगेको बैंकले जनाएको छ । बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैकिङ सेवा जस्तै निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङ मार्फत उपलब्ध गराई राखेको बैंकबाट जारी विज्ञेप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.