टाटा मोटर्सको नयाँ शोरुम अब दाङमा

  २०७३ असार १ गते ९:१८     विकासन्युज

काठमाडौं, १ असार । टाटा मोटर्स र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ग्राहकहरुको विशेष सेवाको लागि दाङमा आकर्षक शोरुमको उद्घाटन गरेका छन् । नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्स्ले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने शोरुममा टाटा मोटर्स्को पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएका छन् ।

sipardi_branch_dangग्राहकहरुलाई विक्री पश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यस्वरुप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन् । दाङ चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्टीजका अध्यक्ष, हेमबहादुर बन्जाडेले आफ्नो शहर दाङमा बि. एन. अटोमोबाइल्स् लाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको बताए । साथै उक्त डिलरले यहाँका ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गरि उच्चस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

साथै उक्त कार्यक्रममा बि.एन. अटोमोबाइल्सका म्यानेजिङ्ग डाइरेक्टर विष्णु मैनालीले सिप्रदी ट्रेडिङ्ग प्रा.लि. सँग सहकार्य गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको बताए । उनले अब आफ्नो नयाँ शोरुमबाट टाटाका अत्याधुनिक  विशेषताहरुसहित सुविधासम्पन्न जेस्ट, बोल्ट र स्ट्रोम लगायतका गाडीहरुको पँहुच ग्राहकहरुसम्म हुने कुरा समेत व्यक्त गरे । मैनालीले सिप्रदीसँगको यो सहकार्यले स्थानीय स्तरबाटै ग्राहकहरुलाई आकर्षक एवं भरपर्दो सुविधाहरु प्रदान गर्न सक्षम हुने कुराको जानकारी गराए ।

ग्राहकहरुको पूर्ण सेवा र सन्तुष्टिका लागि टाटा मोटर्स् उनीहरुको चाहना एवं माग अनुरुप कार्य गर्न सदा तत्पर रहेको कम्पनीले जनाएको छ । निकट भविष्यमा पनि विभिन्न ब्राण्डहरुसहित ग्राहकहरुलाई विशेष अनुभूति प्रदान गरि उच्चस्तरीय सेवाका लागि टाटा मोटर्स् सदा प्रतिबद्ध रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.